
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ ।
साेमबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार कुल बजेट र खर्च आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्च ९० अर्ब खर्च भएको छ ।
विनियोजित रकममध्ये चालु खर्च ४१ दशमलव २५ प्रतिशत, पुँजीगत खर्च १२ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४० दशमलव १५ प्रतिशत खर्च भएको छ । पुँजीगत खर्च न्यून हुनाका कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र बन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको अतिले पुँजीगत खर्च कम हुन गएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयले चालु आवमा बजेट स्थगन गरिएको जनाएको छ । पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनामा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको हो । जसमध्ये खरीद प्रक्रिया सुरू भइसकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्टिसहित फुकुवाका लागि अनुरोध भएको आधारमा ४२ अर्ब २८ करोड फकुवा गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिनुभयो ।