
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला सुन रू तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रू पाँच हजार २४० कायम भएको छ ।
सोमबार एक तोला सुन रू तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रू पाँच हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।