वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि बढाइएको स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन व्यवसायीको माग

आर्थिक भार थप्ने निर्णयमा पुनर्विचार गर्न आग्रह
मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि बढाइएको स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन व्यवसायीको माग

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा बढाइएको शुल्क फिर्ता लिन वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ । 

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ परिक्षणमा हुने सिन्डिकेट मान्य नहुने चेतावनीसमेत दिएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क साढ ९ हजार रूपैयाँ पुर्‍याएको छ । यसअघि साढे ६ हजार रूपैयाँमा स्वास्थ्य परीक्षण हुँदै आएको थियो । 

श्रमिकमाथि आर्थिक भार थप्ने गरी पूर्ववर्ती सरकारले गरेको निर्णय पुनर्विचार गर्ने व्यवसायी तथा विज्ञहरूले जोड दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले सेवा शुल्क बढाउन अनुमति दिइएको बताएको छ । 

गत चैतमै तत्कालीन मन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गर्नुभएको थियो । तर चौतर्फी आलोचना भएपछि कार्यान्वयनमा आएको थिएन । गत हप्ता मात्रै सरकारले १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.