काठमाडौं । कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यलय घेराउ गरेका छन् ।
कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरूले मंगलबार महानगरपालिका घेराउ गरेका हुन् ।
भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गर्नुभएको आरोप लगाउँदै मेयर साहविरूद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्याली गरेका छन् ।
महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरूको आरोप छ । उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरून्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरूले सोमबार पनि महानगरको कार्यलय घेराउ गरेका थिए ।