विराटनगर । कोशी प्रदेश सरकारले इटहरीमा प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ ।
कोसी प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको प्रदेश स्तरिय कार्यलयको साेमबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राण मगरले उद्धघाटन गर्नुभयो। प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो ।
प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि कार्यालय सञ्चालनमा ल्याइएको मन्त्री राना मगरले जानकारी दिनुभयो ।
कार्यालयको उद्घघाटन गर्दै मन्त्री रानाले प्रदेश सरकारले सोचेअनुसारको राजस्व संकलन गर्न नसकिरहेको परिपेक्ष्यमा कार्यालय उद्घाटन गरिएको बताउनुभयो । उहाँले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभयो ।