चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा डलर सटहीको सीमा बढाएको छ । राष्ट्र बैंकले अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने गरी नयाँ व्यवस्था गरेको हो ।

संशोधित व्यवस्थाअनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा लिन सक्नेछन् । तर चाँदीको गरगहना कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई सटही सुविधा प्रदान गर्न राष्ट्र बैंकले शर्त तोकेको छ ।

उनीहरूले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश पेस गर्नुपर्नेछ । सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सोअन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए-नभएको यकिन गर्नुपर्नेछ ।

सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकवाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा तीन लाख डलर सम्म दिने व्यवस्था गरेको थियो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर तीन लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने गरेका थिए भने अन्य सुनचाँदी व्यवसायीले चांदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बरावरको अन्य परिवत्यं विदेशी मुद्राको सीमासम्म सटही सुविधा लिनसक्थे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.