सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूची प्राधिकरणमा बुझाइयो

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूची प्राधिकरणमा बुझाइयो

काठमाडौं । सहकारी वचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सहकारी पीडितको वचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

सहकारी वचतकर्ताको वचत रकम फिर्ता गर्न र पीडकलाई कारबाहीको माग गर्दै महासंघले मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ। साथै महासंघले १६ समस्याग्रस्त सहकारीहरूको सूची सहकारी नियमन प्राधिकरणमा बुझाएको छ । 

महांघमा आवद्ध १६ वटा समस्याग्रस्त सहकारीहरूको सूचि प्राकिरणमा बुझाएको हो । अभियानका कोषाध्यक्ष देव श्रेष्ठले सहकारी पीडितलाई न्याय दिन माग गर्दै लामो समयदेखि आफूहरूले आन्दोलन जारी राखेको भएपनि राज्यले सुनुवाइ नगरेको गुनासो गर्नुभयो । 

शासकहरू सहकारी पीडितको माग सम्बोधन गर्न तयार नरहेको उहाँको भनाइ छ । उहाँले सहकारी पीडितको माग राज्यले नसुनेको र आन्दोलनकारीको शक्ति नपत्याएनको भन्दै वचतकर्ताको वचत मागेर होइन खोसेर लिनुपर्ने अवस्था आएको चेतावनी दिनुभयो ।

अभियानले समस्याग्रस्त सहकारीका सञ्चालकहरूमाथि कारबाही र पीडितलाई रकम फिर्ता गराउन माग विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । सहकारीहरूको नियमन र वचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनको लागि सरकारले ललितपुरको पुलचोकमा प्राधिकरण स्थापना गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.