धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला

असार १, २०८२ |पोषनाथ अधिकारी
धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाद्वारा आयोजित रोजगार मेलामा युवाहरुको आकर्षण देखिएको छ । नगरपालिकाले युवाहरुलाई रोजगारी उपलब्ध गराउने उदेश्यले युवा सीप, तालिम दिदै रोजगार मेला आयोजना गरेको हो । 

नीलकण्ठ नगरपालिकाको युवासङ्ग उपप्रमुख कार्यक्रम अन्तर्गत सदरमुकाम धादिङबेसीमा युवाको सीप बिकास तालिम र रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले मेला गरिएको हो ।मेलाको उदघाटन गर्दै निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले सिपलाइ उधमशिलता, उत्पादन र श्रमसँग जोड्दै नगरपालिकाले युवा लक्ष्यित कार्यक्रम गरेको बताउनुभयो । 

उप प्रमुख दिपक बिश्वकर्माले युवाहरूलाई ब्यबायसायमा आकर्षण गर्नेगरी नगरभित्रका विभिन्न उत्पादन तथा रोजगार सृजना गर्न मेला आयोजना गरिएको बताउनुभयो । गत वर्ष ६ सय ७५ जनालाई तालिम दिएको र उनीहरुलाइ रोजगारमा जोड्दै ल्याएको नगरपालिकाले बताएको छ ।

 मेलामा स्थानीय तहमा उत्पादित सामग्रीको स्टलहरु राखिएको छ भने युवालाई विभिन्न तालिममा सहभागी गराइ आय आर्जनमा आकर्शित गर्न मोटिभेसनल कक्षा र विभिन्न बिषयका विज्ञहरू सङ्ग प्यानल डिस्कसन समेत गरियो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।