लगानीमैत्री उद्योग नीति ल्याउन सरकारसँग उद्योगीहरूको माग

माघ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगानीमैत्री उद्योग नीति ल्याउन सरकारसँग उद्योगीहरूको माग

विराटनगर । विराटनगरका उद्योगी, व्यापारीहरूले लगानीमैत्री उद्योग नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

विराटनगरमा भएको औद्योगिक नीति २०८१ को मस्यौदा माथि सरोकारवालाहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापारीहरूले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गरे । तयारी वस्तु आयात गर्दा लाग्ने भन्सार महसुल र कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल समान भएकाले स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले भने स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न उद्योगी, व्यवसायीलाई सुझाएका छन् ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन उद्योग र सेवाक्षेत्रमा लगानी बढाउने नीति तर्जुमा गर्न सुझाव दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement