काठमाडौंमा ‘मेक इन नेपाल एक्स्पो’ र ‘नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो’ हुँदै

पुस १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा ‘मेक इन नेपाल एक्स्पो’ र ‘नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो’ हुँदै

काठमाडौं । काठमाडौंमा ‘मेक इन नेपाल एक्स्पो २०२५’ र ‘नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१’ आयोजना हुने भएको छ । 

नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा संचालन हुन गईरहेको एक्स्पो माघ १० गते देखी १२ गते सम्म प्रदर्शनी कक्ष भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हाम्रै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखिएको छ । ‘मेक इन नेपाल एक्स्पो’ले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखिएको छ ।

त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहनेछ । साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ ।

एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहने छन् जस मध्य ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरु रहने छन् । जसमा २०,००० भन्दा बढी अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement