काठमाडौं । आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्ग काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । भैरहवा र पोखराका लागि भने ‘ब्रेक इभन पोइन्ट’मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने ग्याँसको मूल्य पनि बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।