इलाम । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा फूड फेस्टिभल सुरू भएको छ ।
सोमबारसम्म चल्ने फेस्टिभल होटल व्यवसायी संघ कोशी प्रदेशको दोस्रो अधिवेशनको अवसरमा आयोजना गरिएको हो ।
इलाम बजारमा भएको फेस्टिभलमा चिया, जडिबुटी, दूधजन्य परिकार लगायत जिल्लामा उत्पादन हुने सामग्रीका १६ वटा स्टल राखिएको छ ।
त्यसैगरी भक्पुरको बालकोटमा सूर्यविनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव सुरू भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको महोत्सव १५ दिनसम्म चल्ने छ ।