स्टार्ट अप एन्ड आइडिया फेस्ट आजदेखि काठमाडौंमा सुरु

कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्टार्ट अप एन्ड आइडिया फेस्ट आजदेखि काठमाडौंमा सुरु

काठमाडौं । काठमाडौंमा आजबाट स्टार्ट अप एन्ड आइडिया फेस्ट सुरु भएको छ । सातै प्रदेशबाट छनोट भएका ५० स्टार्टअपहरुको बारेमा जानकारी दिने उद्देश्यले सुरु भएको फेस्ट शुक्रबारसम्म चल्नेछ ।

फेस्टमा सूचना प्रविधि, प्रशासनिक काम सहज बनाउने, स्वास्थ्य सेवामा सघाउने, शैक्षिक कार्यक्रम उपलब्ध गराउने लगायतका १ सयभन्दा बढी डिजिटल स्टार्टपअप, उत्पादन र इनोभेसनलाई प्रदर्शनीमा राखिएको छ ।

यसरी प्रदर्शन गरिएका ५० स्टार्टअपहरुबाट प्रतिस्पर्धा गराइ उत्कृष्ट ठहर हुनेलाई आईसीटी अवार्ड प्रदान गरिने छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेस्ट कार्यक्रममा बोल्दै सरकारले बजेट नै विनियोजन नगरेका कारण डिजिटल नेपालको अवधारणा कार्यान्वयनमा जान नसकेको बताउनुभयो । 

तर यो वर्ष डिजिटल नेपालका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने र आगामी वर्ष बजेट छुट्याएर कार्यान्वयनको काम गर्ने तयारीमा सरकार रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले आगामी वर्षदेखि सरकारले आफैं स्टार्ट अप फेस्ट आयोजना गर्ने समेत दाबी गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.