रेमिट्यान्सले रुपान्तरण : आर्थिक र सामाजिक प्रतिष्ठामा वृद्धि

श्रावण २३, २०८१ |गणेशमान मुखिया
रेमिट्यान्सले रुपान्तरण : आर्थिक र सामाजिक प्रतिष्ठामा वृद्धि

झापा । वैदेशिक रोजगारीमा जानेले स्वदेश पठाउने रकम रेमिट्यान्सको उपयोग कसरी हुन्छ होला ? कतिपयले घर खर्चमै सक्छन् भने कतिलाई त विदेशिदाको ऋण तिर्नै ठिक्क हुन्छ । तर, झापा अर्जुनधाराका दुई युवाले विदेशमा कमाएको पैसाले परिवारले यहाँ व्यापार व्यवसाय चलाएका छन् ।

अर्जुनधारा नगरपालिका ८ कदमगाछीका मीनराज थापा वैदेशिक रोजगारीमा साउदी अरब गएको ७ वर्ष भयो । रेमिट्यान्सको रकमले दुई कठ्ठा जमिन खरीद गरी ४ कोठाको घरसमेत बनाउनुभयो । मीनराजले मासिक झण्डै एकलाख रुपैयाँ रेमिट्यान्स पठाउनुहुन्छ । छोराछोरीलाई निजी विद्यालयमा पढाउँदा लाग्ने दुई लाख ५० हजार रुपैयाा वाषिर्क खर्च वैदेशिक रोजगारीकै कमाइले धानेको छ ।

सृजनाको मिहिनेतले अन्न र सागसब्जी किन्नुपर्दैन । गाई पालेकी सिर्जनाले दूध पनि बिक्री गर्नुहुन्छ । बच्चाहरुको स्कुल फि बाहेक श्रीमानले पठाउने रेमिट्न्यास बचत गर्नुहुन्छ । यो बचतले अनलाइन व्यवसाय सृजनालाई अहिले भ्याइनभ्याइ छ ।

अर्जुनधाराकै लक्ष्मीप्रसाद गौतम वैदेशिक रोजगारीमा साउदी अरब गएको ६ वर्ष भयो । श्रीमती, छोराछोरीलाई भाडाको घरमा बसाएर विदेशिएका लक्ष्मीप्रसादले जाादाको ऋण चुक्ता गरी अर्जुनधारा ११ शिव मन्दिर बस्तीमा ८ धुर जग्गा किनेर घर बनाउनुभयो । थप २ कठ्ठा जग्गासमेत जोड्नुभएको छ ।

शुष्माले घरमै किराना पसल राख्नुभएको छ । पसलको आम्दानीले घर खर्च धानेको छ, रेमिट्यान्सको रकम चलाउनु पर्दैन । उता सवारी चलाउने लक्ष्मीप्रसादले पठाउने पैसा मासिक एक लाख रुपैयाँ घट्दैन ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement