सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

काठमाडौं । सरकारले आउँदो साताबाटै सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गर्ने भएको छ ।

‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग’ सम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याउन यसै हप्ता राजपत्रमा सूचना प्रकाशित गराउने तयारी उद्योग मन्त्रालयले गरेको हो । मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका पास गरेको थियो ।

स्वदेशमा उत्पादित वस्तु १५ प्रतिशत मह‌ंगो भए पनि खरिद गर्नुपर्ने छ । सरकारले सबै निकायमा सार्वजनिक वस्तुको खरिद अनिवार्य गर्न परिपत्रसमेत गर्दै छ ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगले काष्ठ र कपडा उद्याग चलायमान हुने व्यवसायीहरुका छाता संगठनहरुले बताएका छन । यो निर्णयले अर्बौं रुपैयाँको फर्निचर आयात रोकिने नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.