सरकार ! हवाई क्षेत्र कालोसूचीमा कहिलेसम्म ?

श्रावण ९, २०८१ |भरत रावल
सरकार ! हवाई क्षेत्र कालोसूचीमा कहिलेसम्म ?

काठमाडौं । युरोपियन युनियन (ईयू)ले नेपालको हवाई क्षेत्रलाई ग्रे लिस्ट अर्थात् सुरक्षा सूचीमा राखेको डेढ दशक भइसकेको छ । तर, बर्सेनि हुने गरेका दुर्घटनाले यो सूचीबाट नेपाल हट्ने विषय थप अनिश्चित बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आईकाओले तोकेको मापदण्डभन्दा बढी अंक प्राप्त गरेको दाबी गरिरहेका बेला भएको सौर्य एयरलाइन्सको दुर्घटनाले थप अन्योल सिर्जना गरेको छ । 

सन् २०१४ देखि नेपालको हवाई क्षेत्र युरोपेली युनियन-इयुको सुरक्षा सूचीमा छ । सन् २०१२/१३ मा नेपालमा बढी दुर्घटना भएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन-आईकाओले नेपाललाई सुरक्षा सूचीमा राखेको थियो । त्यसपछि ईयूले पनि नेपाललाई यस्तो सूचीमा राख्यो । तर पछि नेपालले हवाई सुरक्षामा प्रगति गरेको भन्दै आइकाओले सन् २०१७ मा कालोसूचीबाट हटायो । तर ईयूले भने अझै हटाएको छैन । नागरिक उड्डयन प्राधिकरणले आईकाओको मापदण्डभन्दा बढी अंक प्राप्त गरिसकेकाले ईयूले सुरक्षा सूचीबाट हटाउनु पर्ने दबाब दिँदै आएको थियो । तर, बुधबारको दुर्घटनाले सूचीबाट हट्ने नेपालको प्रयासलाई थप असर गरेको छ । 

यही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाता भित्रै १८ जनाको ज्यान जाने गरि भएको यो दुर्घटनाले अझ पछाडि धकेकोको छ ।

२०७९ माघ १ गते पोखरामा यति एयरको विमान दुर्घटना भएको थियो भने गत वर्षमात्रै ४ वटा हेलिकोप्टर दुर्घटना भएका थिए । बुधबारको दुर्घटनाले नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायहरूले थप कडाइ गर्ने अवस्था आएको छ । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।