उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा सुरज वैद्य र हेमराज ढकाल निर्वाचित

चैत्र ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा सुरज वैद्य र हेमराज ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरजकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्य रामचन्द्र संघई समूहबाट उठेका थिए ।

अन्जन श्रेष्ठ प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा चुनाव लडेका अरुणराज सुमार्गीले ३७ मत ल्याएका छन् । त्यस्तै उमेशलाल प्यानलका दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी भएका छन् । उनी बरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए ।

जिल्ला नगरतर्फ उमेशलाल श्रेष्ठको बर्चस्व देखिएको छ ।

उमेशलाल समूहबाट निर्वाचित सदस्यमा अब्दुल बाहिद मन्सुर, अमरेश चन्द्र बैदार, उज्जव प्रसाद कसजु, उमेश डालमिया, कल्पना गैरे, किरोश कुरमार आचार्य, केशव प्रसाद भण्डारी, गोकुल श्रेष्ठ, ताराबहादुर कार्की, निरक केसी, प्रयास कार्की, मन्जु कुमार श्रेष्ठ, मोहन प्रसाद श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै अन्जन श्रेष्ठको समुहबाट विजयी हुने सदस्यहरुमा अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटवाल , नविन रिजाल, पुष्पराज कुँवर र बेदबहादुर श्रेष्ठ छन् ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.