यसवर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोक र मिना चौलागाईंलाई

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
यसवर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोक र मिना चौलागाईंलाई

रामेछाप । यसवर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोक र मिना चौलागाईंलाई प्रदान गरिएको छ ।

मन्थलीमा सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा साहित्यकार आलोक र चौलागाईंलाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

गतवर्ष प्रतिष्ठानले पुरस्कार घोषणा गर्न नसकेकाले यस वर्ष दुबै साहित्यकारलाई एकै समारोहमा सम्मान गरिएको जगदीश घिमिरे प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.