आजका मुख्य समाचार,
* अधिकांश चापाकल सुक्दा तराई-मधेशमा खानेपानीकै हाहाकार / साउनको पहिलो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा खडेरी / ठाउँठाउँमा ट्याङ्करबाट वितरण गरिँदै ।
* पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा रोक्न ओली पक्षीय नेताहरुको दबाब / राजनीतिक स्थान दिएर पार्टीमा सहभागी गराउनुपर्ने केहीको माग / प्रस्तावित विधानको मस्यौदामा पनि विवाद ।
* विमानस्थल हुँदै लागूऔषध गाँजा ल्याउने समूह फेरि सक्रिय / एक महिनाभित्रै ८ भारतीयसहित १० विदेशी पक्राउ / त्रिभुवन विमानस्थलको सुरक्षामा प्रश्न ।
* सिरियाको हिंसाग्रस्त सुवैदामा युद्धविराम घोषणा / सुरक्षा बल परिचालन / ७ सयभन्दा बढीको ज्यान जाने गरी भएको हिंसाको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग ।
* साफ महिला अन्डर–ट्वेन्टी च्याम्पियनसिपमा नेपालको चौथो जित / भुटान आठ–शून्य गोलले पराजित / मिना देउवा र पूर्णिमा राईको ह्याट्रिक ।