आजका मुख्य समाचार,
* भारतको अहमदाबादमा २ सय ४२ जना सवार एयर इन्डियाको विमान दुर्घटना / २ सय ४ शव फेला / बस्तीमा विमान खस्दा स्थानीय पनि परेको आशंका ।
* भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति बनाउन सत्तारुढ दल लचक / समिति गठनको मिति तोक्ने कि प्रतिबद्धतामा मात्र चित्त बुझाउने भन्नेमा विपक्षी दल छलफलमा ।
* ढुकुटी कमजोर भएको भन्दै सरकारले रोक्यो उखु किसानको झन्डै दुई अर्ब अनुदान / किसान हेरेको हेर्यै / कृषि अर्थतन्त्रमै असर पर्ने विज्ञको चेतावनी ।
* लोकप्रियताको लोभमा स्रोत सुनिश्चित नभई ल्याइएका सयौं आयोजना अलपत्र / अध्ययनकै नाममा अर्बौं रकम स्वाहा / खर्च भएको रकम कोबाट असुल्ले ? ।
* नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० आई सिरिज खेल्ने / दुई टोलीबीचको खेल असोज ११ देखि यूएईको सारजहा अन्तर्राष्ट्रिय रंगशालामा हुने ।