आजका मुख्य समाचार,
* आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था सहज बनाउँदै नागरिकता विधेयक संसदीय समितिबाट पारित / स्व:घोषणा भने अनिवार्य / गैरआवासीय नेपालीलाई नागरिकता दिन छुट्टै कानुन बनाइने ।
* पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताले एमालेमा तरंग/ गुटको राजनीति नगरेको भन्दै अध्यक्ष ओलीलाई जवाफ/ कार्यकर्ता भेट्न कसैको अनुमति लिनु नपर्ने जिकिर ।
* सरकारको दाबीविपरित राष्ट्र बैंकको प्रतिवेदन भन्छ - अर्थतन्त्रमा सुधार आएन/ मन्दी जारी नै रहेको विज्ञको भनाइ/ रेमिट्यान्सको भरले विदेशी मुद्रा सञ्चिति १८ अर्ब डलर नाघ्यो ।
* अस्ट्रियाको ग्र्याज शहरको विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु/ कम्तिमा ३० घाइते / अनुसन्धान जारी ।
* एएफसी एसिया कप छनोटको दोस्रो खेलमा अन्तिम समयमा फर्काएको गोलले नेपाललाई जित दिलाएन / लाओससँग २-१ गोलले स्तब्ध ।