प्रदेश विशेषमा आज,
– बागमती प्रदेशमा सरकार बनेको साढे ३ महिनामै मन्त्रालय फुटाएर १४ पुर्याइयो / संघले अधिकार नदिँदा समस्या भएको सुदूरपश्चिमका मुख्यमन्त्रीको गुनासो ।
–अर्थनीति उद्यममैत्री नहुँदा युवा विदेश पलायन रोकिएन/ जनशक्ति विदेशिनबाट रोक्न मधेश प्रदेशमा स्टार्टअप बिजनेसलाई प्रोत्साहन ।
– झापाको गौरादहमा लाहाछापका लागि प्रयोग हुने लाहाको व्यवसायिक खेती सुरु / भारतबाट हुने आयात रोक्ने लक्ष्य ।
– सरकारी संस्थानले सुरु गर्यो बर्दियामा धान खरिद/ बजारको भन्दा मूल्य बढी पाएपछि किसान उत्साही।