देशका लागि पदक : बा-आमाका लागि गौरव

भाद्र १५, २०८१ |सुवास रोकाया
देशका लागि पदक : बा-आमाका लागि गौरव

काठमाडौं । कसैको सफलतामा सबैभन्दा बढी कोही खुसी हुन्छन् भने ती आमाबुबा हुन् । त्यसमा पनि छोराछोरीले ऐतिहासिक सफलता हासिल गर्दै देशकै नाम राख्दा आमाबुबाको खुसीको सीमा नै हुँदैन । पारालिम्पिक्समा नेपाललाई पहिलो पदक दिलाएकी पलेशा गोवर्धनका आमाबुबासँग अहिले खुसी व्यक्त गर्ने शब्द नै छैनन् । 

पलेशाको घरको बैठककक्षमा अब उनले पेरिस प्यारालिम्पिक्समा जितेको कास्य पदक पनि सजिनेछ । विना कुनै पूर्वाधार र घरेलु प्रतियोगिता, छोटो समयको तयारी, तर दृढ आत्मविश्वास, संकल्प र परिश्रमले पलेसालाई नेपालका लागि कीर्तिमानी खेलाडी बनाएको हो । छोरीले देशकै नाम राख्ने गरी प्यारालिम्पिक्समा पदक जित्दा आमाबुबाले कस्तो महसुस गर्नु भयो त ? हामीले उहाँहरुसँग कुराकानी गरेका छौं । 

पलेशाको हत्केला विकसित नहुँदा निरास भएका उनका आमाबुबाको छाती अहिले भने गर्वले फुलेको छ । पलेशा अहिले आफूहरुको मात्र नभई सिङगो देशकै छोरी बनेकी छन् ।

पुरै देशले पलेशाको पदकमाथि गर्व गरिहँदा राज्यले सहयोग गर्नुपर्ने उनका आमाबुबाको अपेक्षा छ । मिहिनेत त उनी गरिरहन्छिन् । अब उनलाई खाँचो छ, राज्यको लगानी र प्रोत्साहन ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement