मनाइयो गठेमंगल (भिडियो रिपोर्ट)

श्रावण १८, २०८१ |माधव अर्याल
मनाइयो गठेमंगल (भिडियो रिपोर्ट)

पाल्पा । मुलुकभर नेवारी समुदायको बसोबास रहेका स्थानमा परम्परागत संस्कृति जगेर्ना गर्न गठेमंगल पर्व मनाइएको छ ।

नेवारी समुदायमा प्रचलित घण्टाकर्ण गठेमंगल पर्वअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पालगायत स्थानमा चोकचोकमा नर्कटको तीनखुट्टे लिंगाकृति गठामो ठड्याउने गरिन्छ ।

दिनभर चोक, गल्लीमा ठड्याइएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलवासीलाई छ्वालीको चिराग समात्न लगाएर तीनपटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाइ खोला वा नदीमा लगेर बिर्सजन गर्ने परम्परा छ ।

विस्तृत भिडियोमा :


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement