कान्तिपुर समाचार, ३१ असार २०८१

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३१ असार २०८१

आजका मुख्य समाचार,

* प्रधानमन्त्री ओलीद्वारा २२ सदस्यीय मन्त्रिपरिषद् गठन / सरकारमा ९ नयाँ अनुहार देखिँदा दलित समुदायको प्रतिनिधित्व शून्य ।

* बाढी-पहिरो र डुबानपीडितलाई राहत दिने मन्त्रिपरिषद्को पहिलो निर्णय / सिमलताल दुर्घटनामा छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति / बेपत्तामध्ये ४८ को अवस्था अझै अज्ञात ।

* बजेट कार्यान्वयन र अर्थतन्त्र सुधार्ने नयाँ अर्थमन्त्री पौडेलको प्रतिबद्धता / निजी क्षेत्रलाई विश्वासमा लिएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन विज्ञको सुझाव ।

* इमरान खानको पार्टी-पीटीआईलाई प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको तयारी / गैरकानुनी रुपमा विदेशी सहयोग लिएको आरोप / देशद्रोहको मुद्दा चलाइने ।

* तीन वर्षदेखि अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम फेरि थालिँदै / दर्शक क्षमता १५ हजारमा घटाइयो / नयाँ प्रविधिमार्फत पाँचवटा पिचसहितको मैदान बनाइने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.