आजका मुख्य समाचार,
* विकास खर्च गर्न नसक्दा अधिकांश प्रदेशले बजेट घटाए / पुरानै कार्यक्रममा नयाँ नारा / कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकास मुख्य प्राथमिकता ।
* सरकारका कामप्रति सत्तारुढ शीर्ष नेता नै असन्तुष्ट / देश विकास गर्न सरकार असफल भएको ओलीको आरोप / रास्वपा भन्छ- समर्थनबारे गम्भीर समीक्षा आवश्यक ।
* सामुदायिक विद्यालयका दलमा आबद्ध शिक्षकमाथि शिक्षा मन्त्रालयले थाल्यो कारबाही / डेढ सयभन्दा बढीले राजनीतिक आबद्धता त्याग्दा १९ ले दिए शिक्षकबाट राजीनामा ।
* रुस-युक्रेन युद्ध अन्त्यका लागि स्विट्जरल्यान्डमा पश्चिमा मुलुकहरुको शान्ति सम्मेलन / रुसमाथि दबाब बढाउन महत्त्वपूर्ण कदम भएको नेताहरुको प्रतिक्रिया ।
* उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल टी-ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित / सुपर एट पुग्ने सम्भावना सकियो / अन्तिम खेल सोमबार बंगलादेशसँग ।