आजका मुख्य समाचार
– टेबल टेनिसका स्यान्टू श्रेष्ठले रचे इतिहास / पेरिस ओलम्पिकका लागि छनोट / दक्षिण एसियाली छनोटको फाइनलमा नेपालकै सन्योग कपालीमाथि जित ।
– क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा सफाइ / काठमाडौं जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले उल्ट्यायो / क्यानद्वारा लामिछानेको निलम्बन फुकुवा ।
– नापी कार्यालय सिरहाका कर्मचारीले हाकाहाकी लिए घूस / जग्गा कित्ताकाट गर्दा ४० हजारको मोलमोलाई, २० हजारमा डिल / कारबाही गर्नबाट पन्छिए प्रमुख जिल्ला अधिकारी ।
– गिरीबन्धु टी–स्टेटको ७० बिघा जग्गा कांग्रेसले नै बेचेर खाएको एमाले अध्यक्ष ओलीको आरोप / सर्वोच्चको फैसलाप्रति आक्रोश / सदन अवरोधविरुद्ध प्रतिवाद गर्न सांसदलाई निर्देशन ।
– राष्ट्रपति, प्रधानमन्त्री जोडेर सञ्चालित कार्यक्रमको प्रगति निराशाजनक / हचुवामा घोषणा, कार्यान्वयनमा समस्या / प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम पनि चर्चामै सीमित हुने आशंका ।