कान्तिपुर समाचार, १९ चैत २०८०

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ चैत २०८०

आजका मुख्य समाचार,

* सामुदायिक विद्यालयमा कक्षा छाड्नेको संख्या बढ्दो / ६४ प्रतिशतले बीचमै छाड्छन् पढाइ / कक्षा १ मा भर्ना भएका १० लाख विद्यार्थी १० कक्षामा पुग्दा तीन लाख ७५ हजारमा सीमित ।

* ६५ अर्ब खर्च भइसकेको मेलम्ची खानेपानीको हेडवर्क्स सार्न फेरि चार अर्बभन्दा बढी खर्च गर्ने तयारी / आयोजनामा पानीभन्दा भ्रष्टाचार र अनियमितताको निरन्तरता ।

* वैशाखमा हुने लगानी सम्मेलनको तयारी तीव्र / पुँजीगत खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्री पुनको भनाइ / लगानी भित्र्याउन नसक्नुमा सरकारकै कमजोरी ।

* दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल पुर्‍याइयो / थप १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश ।

* टी-ट्वेन्टी सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ द्वारा आयरल्यान्ड्स उल्भ्समाथि ३ रनको रोमाञ्चक जित / आरिफको उत्कृष्ट ब्याटिङमा नेपाल क्लिन स्विप हुनबाट जोगियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.