कान्तिपुर समाचार, १२ जेठ २०८०

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ जेठ २०८०

आजको मुख्य समाचार:

- अघिल्लो संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय / संविधानविद्सँग परामर्शमा रहेका राष्ट्रपति अनिर्णित ।

- पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिन गृह मन्त्रालयले अघि बढाएको प्रक्रिया नै जटिल/ कानुनबमोजिम गर्न राष्ट्रपतिको सुझाव/ माफी नदिन पीडितको माग ।

- भारतसँगको व्यापार घाटा १० महिनामै साढे ७ खर्ब/ प्रधानमन्त्रीको भ्रमणमा निर्यात सहजताको विषय उठाउन निजी क्षेत्रको सुझाव/ पञ्चेश्वर परियोजना नेपालको प्राथमिकता ।

- मानव मस्तिष्कमा कम्युटर चिप्स प्रत्यारोपण गर्न इलोन मस्कको कम्पनी न्यूरालिंकलाई अनुमति/ दृष्टिविहीन र प्यारालाइसिस भएकाहरुका लागि उपयोगी हुने दाबी ।

- काभा महिला भलिबल च्यालेन्जकपको उपाधि ह्याट्रिक गर्ने नेपालको चाहना अधुरै/ सेमिफाइनलमा कजाकिस्तानसँग पराजित/ उपाधिका लागि भारत र कजाकिस्तान भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.