
उदयपुर । यङ ब्रदर फुटबल क्लब उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सोमबार सम्पन्न भएको पहिलो सेमीफाइनलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई एक गोलले हराउँदै यङ ब्रदरले फाइनलमा स्थान सुरक्षित गरेको हो। यङ ब्रदर्सका विदेशी खेलाडी कालुले खेलको २२औँ मिनेटमा पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता बनाएको थियो ।
सेकेन्ड हाफ सुरु भएलगतै गेमको ४१औँ मिनेटमा उनैले अर्को गोल थपेका थिए । टिमका लागि निर्णायक गोल गरेर उनले जित दिलाए । आजको म्यान अफ दी म्याच कालु घोषित भए । अब यङ ब्रदरले उपाधिका लागि सहलेस युवा क्लब सिराहा र एपीएफको बिजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल मंगलबार हुनेछ।