न्यु डायमन्ड स्पोट्स क्लब एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

पहिलो सेमिफाइनलमा एपीएफ सोझो सेटमा पराजित
पुस १८, २०८२ |खेल ब्युरो
न्यु डायमन्ड स्पोट्स क्लब एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । न्यु डायमन्ड स्पोट्स क्लब एनभीए महिला तथा पुरूष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपीएफलाई हराएको हो। न्यु डायमन्डले ३-० को सेटमा नै जित निकाल्यो। खेलको पहिलो सेटमा एपीएफले १७ अंक जोड्दा नै न्यु डायमन्डले पहिलो सेट जितेर अग्रता बनाएको थियो। त्यसैगरी, दोस्रो सेटमा पनि एपीएफले कमब्याक गर्न नसक्दा २५-२० को जित हाासिल गरेको हो। 

तेस्रो सेटमा भने पूरा दबाबका साथ एपीएफ ७-२५ को फराकिलो अन्तरले पराजित भएको हो। आजको जितसँगै न्यु डायमन्डले उपाधि भिडन्त पक्का गरेको हो।