
काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाललाई पत्राचार गरेको छ ।
दुई दिन भएका घटनाबारे बुझ्न भन्दै पत्राचार गरेको र नेताहरूले पत्र बुझिसकेको आयोगका एक सदस्यले बताए । बयान दिन आयोगमा आउन र सम्भव नभए लिखित जवाफ दिन पनि भनिएको छ । यसका लागि आयोगले प्रश्नहरू समेत पठाएको छ ।
आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र काट्ने तयारी गरेको छ। ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकेको आयोगले बिहिबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको थियो ।