
काठमाडौं । मरक्कोले अफ्रिकन कप अफ नेशन्सको उद्घाटन खेलमा कोमोरोस २-० गोलले पराजित गरेको छ ।
रूबाटस्थित प्रिन्स मुले अब्देलाह स्टेडियममा गएराति ३५औं संस्करणको अफ्रिकन कप अफ नेशन्स सुरू भएको हो । समूह 'ए'मा रहेको घरेलु टिम मरक्कोले फिफा वरियताको एक सय आठ स्थानमा रहेको कोमोरोसलाई हराएको हो । मरक्कोले एघारौं मिनेटमानै अग्रता लिने सुनौलो मौका पाएको थियो । तर सोफियान रहिमीको पेनाल्टी कोमोरोसका गोलकिपर यानिक पान्डोरले उत्कृष्ट बचाउ गरे ।
इन्डियन ओसनको सानो टापू कोमोरोसले मरक्कोलाई पहिलो हाफमा बलियो चुनौती पेस गरेको थियो । ५५ औं मिनेटमा ब्रहिमले डियासले डेडलक तोडे । ७४औं मिनेटमा सब्सिच्युट अयुब एल काबीले ओभर हेड किकमार्फत सानदार गोल गरेपछि मरक्कोले दोस्रो अफ्रिकन कप अफ नेशन्सको उपाधि जित्ने यात्राको सुरूवात गरेको छ ।
चोटका कारण पीएसजी स्टार असरफ हकिमी बेन्चमा रहेका थिए । आफ्नो टिमको हौसला बढाउन मरक्कोको युवराज मुले हसन पनि स्टेडियम पुगेका थिए । मरक्को १९ खेल यता अपराजित छ । मरक्कोले पछिल्लो पटक सन १९७६ मा उपाधि जितेको थियो । २००४ मा उपविजेता बने यता फाइनलमा स्थान बनाउन सकेको छैन् ।