सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

मंसिर २३, २०८२ |खेल ब्युरो
सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमिर लिग-एनपीएलको फाइनलमा प्रवेश गरेको छ। 

टीयू क्रिकेट रंगशालामा मंगलबार साँझ विराटनगर किंग्सविरूद्ध ७७ रनको सानदार जितसँगै रोयल्सले उपाधि भिडन्त पक्का गरेको हो। सुदूरपश्चिमलाई फाइनल पुर्याउने क्रममा सबै बलरले कन्सिस्टेन्ट प्रदर्शन गरे। विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णयलाई दोहोर्याएको दोहोर्याएपछि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो। 

एनपीएलमा डेब्यु गरेका मुख्तर अहमद १०, सेल्डन ज्याक्सन २० र इशान पाण्डे १३ रनमा आउट भए। कसिलो बलिङ गर्दै मार्चेन्ट डी ल्याङ्गे, सूर्य तामाङ र साम हेजलेटले शीर्ष क्रमको एक एक विकेट लिए। लोकेश बम र डी ल्याङ्गेले तीन रन बनाएको अवस्थामा दिपेन्द्र सिंह ऐरीलाई क्याचआउट गराए। 

यससँगै ९६ रन बनाएको अवस्थामा सुदूरले चार विकेट गुमाएको थियो। तर, ओपनर विनोद भण्डारीले सुस्त गतिमा टिकेर खेल्दै ४५ बलमा अर्धशतक पुरा गरेका थिए। हरमित सिंहले १४ र आरिफ शेखले २० रनको योगदान गर्न सके। विनोदले समग्रमा ५२ बल खेल्दै पाँच बाउन्ड्री प्रहार गरेर ६३ रनको योगदान गर्न सके। 

विनोदले जारी प्रतियोगितामा बनाएको यो दोस्रो अर्धशतक हो। उनले यसअघि लुम्बिनीविरूद्ध अविजित ६९ रन बनाएका थिए। ८ खेलमा उनले दुई सय ६४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छ। विराटनगरका मर्चेन्ट र प्रतिस जिसीले समान २-२ विकेट लिए। 

जवाफमा दुई ओभरभित्रै शीर्ष क्रमको ब्याटिङ धरमराएपछि तीन रन बनाउँदा विराटगरले तीन विकेट नै गुमायो। साम हेजलेट शून्य, मार्टिन गप्टिल दूई र नरेन भट्ट शून्यमा आउट भए। १२ रन जोडेको अवस्थामा बसिर अहमदलाई दिपेन्द्रले कट एन्ड बोल्ड गरे। 

लिगको सुरूमा ओपनिङ ब्याटिङ गर्ने लोकेश बमआज छैटौं नम्बरमा मैदान आए। पााच रन बनाउँदा नै अभिनाष बोहराले आफैं क्याच गरेर लोकेशलाई पवेलियन फर्काइदिए। नौ दशमवल एक ओभरमा ५३ रन बनाएको अवस्थामा उसले ६ विकेट गुमाइसकेको थियो। 

कुगेलाइनले हरमितबाट क्याचआउट गराएपछि मर्चेन्ट पनि १५ रनमा बाहिरिए। कप्तान सन्दीप लामिछाने तीन रनमा समेटिए। सुदूरपश्चिमका बलरहरू हाबीभएको खेलमा विरानटनगरले कुनै ओभर दबाबरहीत भएर खेल्न सकेन्। कुगेलाईन, हरमित र अभिनाषले समान दुई-दुई विकेट लिए। 

कुगेलाइननले तीन ओभर बलिङ गरेर नौ रन मात्रै खर्चिएर दुई विकेट आफ्नो नाममा गरेका हुन्। हिजो मात्रै नेपाल आएका शेल्डन ज्याक्सन र मुख्तर अहमद प्लेइङ ११ मा समावेश भएका छन्। उनीहरू क्रिस लिन र जस ब्राउनको ठाउँमा सुदूरपश्चिममा अनुबन्ध भएका हुन्।