काठमाडौं । अमेरिका राष्ट्रपति डनल्ड ट्रम्पले आयोजक सहरमा सुरक्षा चुनौती रहे सन् २०२६ को फिफा विश्वकपका खेल स्थानान्तरण गर्न सकिने बताएका छन् ।
ट्रम्पले ओभल अफिसबाट प्रतियोगितालाई सुरक्षित बनाउन आयोजना स्थल सार्न सकिने बताएका हुन् । २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दै छन् ।
जसमा अमेरिकी शहरहरूले अधिकतम् खेल आयोजना गर्नेछन् । लस एन्जलस, सान फ्रान्सिस्को र सिएटलजस्ता केही डेमोक्र्याटिक झुकाव भएका शहरमा अघिकतम् खेल खेलाइने तालिका छ ।
पत्रकारहरूको प्रस्नको जवाफ दिँदै ट्रम्पले विश्वकप पूर्णरुपमा सुरक्षित हुने बताएका छन् । तर सुरक्षा चुनौती देखिए खेल सार्न सकिने उनको भनाइ थियो । सान फ्रान्सिस्को र सिएटलले समान ६-६ खेल आयोजना गर्ने छन् भने लस एन्जलसले आठ खेल आयोजना गर्नेछ ।
यसअघि ट्रम्प प्रशासनले यस वर्ष केही डेमोक्र्याट नेतृत्व भएका सहरमा नेसनल गार्ड सेनाहरू पठाइसकेको छ । ट्रम्पले आफूलाई फिफाअन्तर्गत विश्वकप कार्यदलको अध्यक्षसमेत नियुक्त गरेका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्प प्रशासनमा पूर्ण विश्वास व्यक्त गरेका छन् र विश्वकप सफल हुनेमा आश्वस्त छन् ।