काठमाडौं । मेजर लिग सकर टिम इन्टर मायामीका मिडफिल्डर सर्जियो बुस्केटले सिजनको अन्त्यमा खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।
स्पेनिस लेजेन्ड बुस्केटले इन्टग्राममा भिडियो सेयर गर्दै आफ्नो २० वर्षको फुटबल करियरलाई आराम दिन लागेको निर्णय सुनाएका हुन् । उनले आफ्नो भिडियोमा भनेका छन् - मलाइ लाग्छ व्यावसायिक फुटबलबाट संन्यास लिने यो सही समय हो ।
बाल्यकालमा देखेको सपना नोउ क्याम्पमा पुगेर साकार भएको उनको भनाइ थियो । बुस्केटले बार्सिलोनालाई आफ्नो जीवनको क्लबका रुपमा ब्याख्या गरेका छन् । बुस्केटले स्पेनिस राष्ट्रिय फुटवल टिम र मायामीलाइ धन्यावाद दिए ।
उनले चार सय भन्दा भढी खेल खेल्दै ला-लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जितेपछि बार्सिलोना छोड्ने निर्णय गरेका थिए । सन् २००८ मा युरोकप, २०१० मा फिफा विश्वकप र २०१२ मा युरोकप रक्षा गर्दा बुस्केट स्पेनिस टिमको महत्वपूर्ण सदस्य थिए ।
उनी २०२३ मा पूर्व टिम मेट लियोनल मेसी र जोर्डी आल्बा आबद्ध रहेको मायामी गएका हुन् । उनको उपस्थितिमा मायामीले २०२३ मा लिग्स कप र २०२४ मा स्पोटर्स शिल्ड उपाधी जितेको थियो ।