भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको टोली सार्वजनिक

३५ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो, असोज १९ देखि अभ्यास सुरु हुने
आश्विन १०, २०८२ |खेल ब्युरो
भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको टोली सार्वजनिक

काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक चरणको टिम सार्वजनिक गरिएको छ । 

अखिल नेपाल फुटवल संघ-एन्फाले शुक्रबार ३५ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । प्रारम्भिक चरणमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, लीला जोशीसहित पाँच जना गोलकिपर बोलाइएको छ । 

डिफेन्डर निशा थोकर, पूजा राना मगर, हीरा भुजेललगायत १० खेलाडी समावेश छन् । चोटका कारण लामो समय मैदान बाहिर रहेकी हीराले राष्ट्रिय टिममा पुनरागमन गरेकी हुन् । 

मिडफिल्डमा सविना राना मगर, अनिता बस्नेत, रेनुका नगरकोटी, सरू लिम्बु, प्रिती राई, अनिता केसी, सेनु परियार, सुक्रिया मिया गरेर १४ खेलाडी अटाएका छन् । चोटबाट रिकभर हुँदै दीपा शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएकी छन् । 

फरवार्डमा सावित्रा भण्डारी, रश्मी घिसिङ, रेखा पौडल, पूर्णिमा राई, निमा देउवा र जेनिफर मगर छन् । एन्फाले हिजो मात्र महिला टिमको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको थियो । 

नेपालले कात्तिक ९ गते सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । असोज १९ गतेदेखि अभ्यास सुरू हुने प्रशिक्षक न्यौपानेले जानकारी दिए ।