झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने

श्रावण १५, २०८२ |खेल ब्युरो
झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने

झापा । झापाको दुधेमा झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

आयाेजकले बिहिबार पत्रकार सम्मेलनमार्फत उक्त विषयमा जानकारी दिएको हो । प्रतियोगिता कार्तिक १५ गतेदेखि २२ सम्म हुने आयाेजकले पत्रकार सम्मेलनमार्फत बताएकाे छ।

प्रतियोगितामा ८ वटा टिम सहभागी हुने छन् । आयोजक नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल पुलिस, एक भारतीय र एक भूटानको टिम, बाँकी २ वटा 'ए' डिभिजन महिलो टिम हुने आयोजकले जानकारी दिएको छ । 

महिला फुटबल प्रतियोगिताको सबैभन्दा ठूलो धनराशी पुरष्कार हुने समेत आयोजकले जानकारी दिएको छ । अहिले मैदान निर्माणको कार्य धमाधम भइरहेको छ ।