पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टिम साउदी अरब प्रस्थान

श्रावण ६, २०८२ |खेल ब्युरो
पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टिम साउदी अरब प्रस्थान

काठमाडौं । पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टिम होर ई-स्पोर्ट्स मंगलबार साउदी अरब प्रस्थान गरेको छ । ई-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष अन्जन धमालाले आज नेपाली टिमलाई विमानस्थलबाट विदाई गरे ।

साउदी अरबमा जुलाई २५ देखि अगष्ट २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट होर ई-स्पोर्ट्स एक्लो टिमको रूपमा छनोट भएको हो । पब्जी टिमबाट विश्वकपमा सहभागी हुने खेलाडीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरूङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । 

म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् । हिजो राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले खेलाडी र अफिसियलको बिदाई गरेका थिए । 

खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्य-सचिव घिसिङले ई-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन सुभेच्छा दिएका छन् । 

उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीले राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले ई-स्पोर्ट्सको अन्तर्राष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो । झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रूपैयाँ प्राप्त गर्नेछ ।