काठमाडौं । ब्राजिलको फ्लुमिनेन्से पनि समूह एफको उपविजेताका रुपमा फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
जारी विश्वकपमा, नक आउट चरण पुग्ने फ्लुमि नेन्से चौथो ब्राजिलियन क्लब हो । आज विहान भएको समूहको अन्तिम खेलमा फ्लुमि नेन्से दक्षिण अफ्रिकाको मामे लोडी सनडाउन्ससँग गोलरहित बराबरीमा रोकियो । फ्लोरिडाको मायामीस्थित हार्ड रक स्टेडियममा फ्लुमि नेन्से अधिकांश समय ब्याक फुटमा थियो । तर मामेलोडीले डेडलक तोड्न सकेन ।
आठौं मिनेटमा तास्रिक म्याथ्युजको प्रहार फ्लुमि नेन्सेका गोलकिपरले विफल पारिदिँदा मामे लोडी निराश बनेको थियो । ३५ औं मिनेटमा फ्लुमि नेन्सेले पनि गोलको अवसर सिर्जना गरेको थियो । पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । ब्रेकपछि पनि सोही नतिजा कायम रहँदा फ्लुमि नेन्सेले प्रि-क्वार्टरफाइनल यात्रा तय गर्यो ।
फ्लुमिनेन्सेलाई समूह चरण पार गर्न एक अंक पर्याप्त हुने थियो । मामे लोडीलाई भने अमेरिकाको बसाइ लम्ब्याउन जीत्नै पर्ने दवाव थियो । उपविजेता बनेको फ्लुमिनेन्सेले तीन खेलबाट ५ अंक जोड्यो । ब्राजिलका पाल्मारेस, बोटाफो र फ्लामेङगो यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् ।