काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्स घरलु मैदानमै पराजित भएको छ। उसले पाहुँना टिम सनराइजर्स हैदराबादसँग पाँच विकेटको हार बहाेरेकाे हो ।
चेन्नईको एमए चिदम्बरम स्टेडियम चेपकमा हैदराबादले टस जितर पहिला फिल्डिङ रोजेपछि चेन्नईले पहिले ब्याटिङ गरेको चेन्नईले एक बल बाँकी रहँदा सबै विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो।
घरेलु मैदानमा खराब सुरुवात गरेको चेन्नईले इनिङ्सको पहिलो बलमै विकेट गुमायो । मोहम्मद शामीले शेख राशिदलाई अभिषेक शर्माको हातबाट क्याच गराए । साम कुरानले पनि ९ रन मात्र बनाउन सके ।
उनी हर्सल पटेलको बलमा क्याचआउट भए । चेन्नईको लागि आयुष महत्रीले ३० रनको योगदान गरे भने डेवाल्ड ब्रेविजले सर्वाधिक ४२ रनको योगदान गरेका थिए। त्यसैगरी दिपक हुडाले २२ रन बनाए।
बलिङमा हैदराबादका हर्षल पटेलले चार विकेट लिए। उनले ४ ओभरमा २८ रन मात्रै खर्च गरेर चार विकेट लिएका हुन्। यसैगरी प्याट कमिन्स र जयदेव उनादकटको नाममा २-२ विकेट रह्यो।
जवाफी ब्याटिङमा हैदराबादले १८ ओभर चार बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। अभिषेक शर्मा शुन्यमा क्याचआउट भएपनि ट्रेभिस हेडले १९, इशान किसनले ४४, तथा कमिन्दु मेन्डिसले ३२ रनको योगदान गरे।
अन्तिममा नितिश रेड्डीले १९ रन जोडेपछि हैदराबादले लिगमा तेस्रो जित हाँसिल गरेको हो। यो जितसँगै उसले प्लेअफको सम्भावना जिवितै राखेको छ। यद्यपी उ अहिले टेबलको आठौ स्थानमा नै छ। चेन्नई भने अंकतालिकाको पुछारमा छ।
अब यो खेल हारे पछि सिएसकेको प्लेअफमा पुग्ने सम्भावना न्यून भएको छ । चेन्नई जारी सिजन नौ मध्ये ७ खेल गुमाउँदै ४ अंकसहित पुछारमा छ ।