रियालको जितले ला लिगा उपाधि दौड थप रोमाञ्चक

वैशाख ११, २०८२ |खेल ब्युरो
रियालको जितले ला लिगा उपाधि दौड थप रोमाञ्चक

काठमाडौं । रियाल मड्रिडले गेटाफेलाई १-० ले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासागको दूरी चार अंकमा झारेको छ ।

च्याम्पियन्स लिग बाहिरिने क्रममा आर्सेनलसFग पराजित भएपछि प्रशिक्षक कार्लो एन्चेलोटी र टिममाथि दबाब बढेको थियो । तर गेटाफेविरुद्धको जितले टिमलाई केही राहत दिएको छ ।

यस खेलका लागी एन्चेलोटीले टिममा छ वटा परिवर्तन गरेका थिए । जसअन्तर्गत जुड बेलिङ्घम बेन्चमा रहे भने किलियन एम्बाप्पे खुट्टाको चोटका कारण अनुपस्थित रहे ।

२१औँ मिनेटमा आर्दा गुलेरले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । गेटाफेका गोलकिपर डेभिड सोरियाले बल छोएतापनि रोक्न सकेनन् । एन्डि्रकले गोल गर्ने अवसर पाएपनि ड्जेने डाकोनामले गोललाइनबाट क्लियर गरे ।

रियालले उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि गेटाफेले दोस्रो हाफमा पाएको अवसरहरू गुमाएपछि भाग्यमानी सावित भयो । अल्भारो रोडि्रग्वेजको हेडर र माउरो अराम्बारीको प्रहार गोलमा परिणत हुन सकेन । रियलका लागि भिनिसियसले राम्रो अवसर पाए । 

तर बेलिङ्घम र ब्राहिम डियाजलाई पास नदिई सिधै प्रहार गर्दा सोरियाले बचाए । खेलको अन्त्यतिर दर्शकहरूलाई जातीय टिप्पणी नगर्न अपिल गरिएको थियो । इन्जुरी टाइमको अन्तिम क्षणमा रोडि्रग्वेजको प्रहारलाई गोलरक्षक थिबाउ कोरट्वाले उत्कृष्ट बचाउ गरे ।

यो जितपछि रियालले ३३ खेलमा ७२ अंक जोडेको छ । शीर्ष स्थानको बार्साको समान खेलमा ७६ अंक छ । यी दुई टोली कोपा डेल रेको उपाधिका लागी आइतबार प्रतिस्पर्धा गर्ने छन् । ३९ अंक सहित गेटाफे १२औा स्थानमा छ ।