काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग-आईपीएलको तेस्रो स्थानमा उक्लिएको छ । समग्रमा पाँचौं र लगातार चौथो जित हात पार्ने क्रममा मुम्बईले सनराइजर्स हैदरबादलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईको जितमा ट्रेन्ट बोल्टले सानदार बलिङ गर्दा रोहित शर्माले अविजित अर्धशतकीय इनिङ्स खेले ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको थियो । सुरूवातमा ब्याटटिङ गरेको घरेलु टोली हैदरबादले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।
ओपनर ट्राभिस हेड डक आउट भए । इशान किशन १, अविनाश शर्मा ८ र नतिश कुमार रेड्डी २ रनमा पबिलियन फर्किए पछि हैदरबाद १३ रनमा ४ विकेट गुमाएको दयनिय अवस्थामा पुगेको थियो । हैदरबादले पावरप्लेमा केवल २४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । जुन जारी सिजन कुनै पनि टिमले सुरूवाती ६ ओभरमा गरेको सबै भन्दा खराब प्रदर्शन हो भने समग्रमा चौथो कमजोर प्रदर्शन ।
पाँचौं विकेटको रूपमा अंकित बर्मा १२ रनमा आउट हुादा हैदरबादले स्कोर बोर्डमा केवल ३५ रन जोडेको थियो । हेनिरक क्लासन र अभिनव मनोहरले छैटौं विकेटको लागि ६३ बलमा ९९ रनको साझेदारी गरे ।
क्लासनले ४३ बल खेल्दै ९ चौका र२ छक्का सहित ७१ रनको अर्धशतकीय इनिङ्स खेले । अभिनव ४३ रन बनाएर आउट भए । मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । दीपक चाहरले २ तथा कप्तान हार्दिक पाण्ड्या र जसप्रीत बुम्राहले १-१ सफलता हात पारे ।
जवाफमा १ सय ४४ रनको सामान्य लक्ष्य मुम्बईले १५ ओभर ४ बलमा केवल ३ विकेट गुमाएर पुरा गर्यो । रायन रिकेल्टन ११ रनमा बाहिरिए । विल ज्याक्सले २२ रन बनाए ।
रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । रोहित टी-२० मा १२ हजार रन पुरा गर्ने दोस्रो भारतिय ब्याटर बने । सूर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदरबादका लागी जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान १-१ विकेट लिए ।
यस जितसागै नेट रन रेटमा ब्यापक सुधार गरेको मुम्बईले नौ खेलमा ५ जित सहित १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सिजनको पहिलो हाफमा खराव प्रदर्शन गरेको मुम्बईले दोस्रो हाफमा भने सानदार पुनरागमन गरेको छ । ८ खेलमा ६ खेल हारेको हैदरबादको ४ अंक मात्र छ । ऊ लिगको नवौं स्थानमा छ ।