काठमाडौं । पछिल्लो समय नेपालमा पुरूषको अन्तर्राष्ट्रिय फुटबल हुन नसके पनि विश्व फुटबलका महान खेलाडीलाई नेपाल भ्रमण गर्ने क्रम बढेको छ । विभिन्न प्रतियोगिता आयोजकहरूबीच नै विश्वका चर्चित फुटबल खेलाडीलाई ल्याउने प्रतिस्पर्धा चलेको छ ।
यसै क्रममा विश्व फुटबलका चर्चित फूल-ब्याक खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । नेपाल सुपर लिग एनएसएलको जारी सिजनमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएका हुन् । द बुलेट म्यानका नामले परिचित ब्राजिलियन महान कार्लोसको आगमनले एनएसएलको रौनकतालाई थप उचाइ दिएको छ ।
गत शुक्रबारका लागि तय भएको रोबर्टो कार्लोसको नेपाल भ्रमण स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनी मंगलबार काठमाडौं आएका हुन् । उनले दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको दोस्रो क्वालिफायर्समा प्रमुख आतिथ्यता गर्ने छन् ।
सन् १९७३ मा साओ पाउलोको निम्नवर्गीय परिवारमा जन्मिएका कार्लोसले १२ वर्षको उमेरदेखि कपडा कारखानामा काम गरेर परिवारलाई सहयोग गरेका थिए । ती कठिन दिनले उनलाई दृढ मेहनती र सफल फुटबल खेलाडी बन्न प्रेरित गरेको थियो ।
उनले आˆनो खेल जीवन साओ पाउलोस्थित एक सानो क्लबबाट सुरु गरे । त्यसपछि उनी पाल्मेइरेस, इटालीएन क्लव इन्टर मिलान, स्पेनिस टोली रियाल मडि्रड हुादै टर्की र रुससम्म पुगे । उनले सन् १९९२ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।
पि|mकिकमा अचुक निसाना लगाउनु उनको विशेषता थियो । उनले तीन विश्वकप खेलेका छन् । कार्लोस सम्मिलित ब्राजिलको टोली सन् १९९८ विश्वकप फुटबलको फाइनलमा प्रवेश गर्दै उपविजेता बनेको थियो ।
सन् २००२ मा एसियामा पहिलो पटक भएको विश्वकपमा भने उनी सम्मिलित ब्राजिल च्याम्पियन भएको थियो । ब्राजिली राष्ट्रिय टोलीका लागि १ सय २५ खेलमा १० गोल गरेका छन् । १९९७ मा फ्रान्सविरुद्धको १-१ गोलको बराबरीमा सकिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा उनले ३० यार्डको दूरीबाट प्रहार गरेको फ्रि-किक विश्व फुटबलको हालसम्मकै उत्कृष्ट मध्ये एक हो ।
कार्लोस १९९६ मा इन्टर मिलानबाट रियाल मडि्रडमा सामेल भएका थिए । रियालबाट ५ सय ८४ खेल खेल्दै ७१ गोल गरेका थिए । उनले रियालबाट चार पटक ला-लिगा उपाधि र तीन पटक युईएफए च्याम्पियन्स लिग जितेका छन् । खेल जीवनपछि उनले प्रशिक्षकको रूपमा पनि काम गरे ।
खेलाडीको जीवनपछि उनले प्रशिक्षकको रूपमा काम गरे । उनीले रुसको क्लबमा सहायक प्रशिक्षकको रूपमा काम गरेपछि टर्कीका दुई क्लबमा मुख्य प्रशिक्षक बने । कार्लोसले २०१५ मा भारतको दिल्ली डाइनमोको मुख्य प्रशिक्षकको भूमिकासमेत निर्वाह गरे ।
रोबर्टो कार्लोसलाई 'द बुलेट म्यान'को उपनाम दिइएको थियो । उनको शक्तिशाली फ्रि-किक प्रहार १ सय ६९ किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा जाने गथ्र्यो । बााया खुट्टाको बाहिरी भाग प्रयोग गरेर उनले प्रहार गर्ने कर्लिङ सट आज पनि फुटबलप्रेमीका लागि अविश्मरणीय छ ।
सन् २०१७ मा एक जर्मन सञ्चार माध्यमले ब्राजिलमा डोपिङ प्रयोग भएको खुलासा गरेको थियो । एक चिकित्सकले कार्लोसलाई वर्षौंसम्म उपचार गरेको दाबी गरेका थिए । यद्यपि, कार्लोसले सबै आरोप अस्वीकार गरेका थिए ।
व्यक्तिगत जीवनमा केही उतार चढावको सामना गरेका कार्लोसले ७ पटक विवाह गरेका छन् । उनका कुल ११ सन्तान छन् । कपडा कारखानामा मजदुरीबाट सुरु भएको उनको व्यावसायीक जीवन दृढ, मेहनती र सफल फुटबलर बन्न प्ररणादायी बनेको छ ।
'महान फुटबल केवल मैदानमा मात्र खेलिादैन, यो त जीवन जिउने तरिका हो'- यो भनाई कार्लोसको हो । उनको नेपाल आगमनले नेपाली फुटबल समर्थकमा उत्साह थपेको छ ।