सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिस नखेल्ने

पुस १२, २०८१ |खेल ब्युरो
सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिस नखेल्ने

काठमाडौं । सिमोना हालेपले अस्ट्रेलियन ओपन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी छन् । उनले आउँदो सिजनको पहिलो ग्राण्डस्लाम प्रतियोगिताबाट नै नाम फिर्ता लिएपछि सिजनको सुरूवात पनि ढिलो गर्ने भएकी हुन् ।

उनको घुँडा र गर्धनमा चोट लागेको छ। यसैकारण पूर्व विश्व नम्बर एक हालेपले पहिलो प्रतियोगिता नखेल्ने भएकी हुन् । डोपिङको कारण प्रतिबन्धमा परेकी हालेपले यो वर्षदेखि प्रतियोगिता खेल्न पाउने भएकी हुन् ।

उनलाई वाइल्डकार्डबाट प्रतियोगितामा सहभागीता गराइएको थियो । तर उनी आफैंले चोटका कारण प्रतियोगिता नखेल्ने भएकी हुन् । ३३ वर्षे हालेपले अकल्यान्डमा ट्युन अप प्रतियोगिता खेल्ने तालिका थियो । उनले सो प्रतियोगिता पनि नखेल्ने भएकी हुन् । उनले यही हप्ता भएको टेनिस लिग एक्जिबिसनमा खेलेकी थिइन् ।

रोमानियन खेलाडीले आउँदो फेब्रुअरीमा घरेलु मैदानमा हुने प्रतियोगिता खेलेर कमब्याक गर्ने बताएकी छन् ।



Enter Kantipur TV HD
Advertisement