लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

कप्तान रोहितको ९५ रनको सानदार इनिङ
मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ९५ रनको योगदान गरे । 

उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । यस्तै टम मुर्सले ४५ र सन्दीप जोराले १८ बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए । 

तस्बिर : चिरायु शाक्य


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.