काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड १८औं स्थानमा रहेको इपस्वीच टाउनसँग एक-एक गोलको बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा रुवेन आमोरिमको यो पहिलो खेल हो ।
घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिए पनि युनाइटेडले जोगाउन सकेन । खेल सुरु भएको ८१ सेकेन्डमै मार्कस र्यासफर्डसले गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । गोलकिपर आन्द्रे ओनानाले लियाम डिलापेको दुई प्रहार बचाएका थिए ।
तर ४३औं मिनेटमा युनाइटेडलाई गोल खानबाट भने जोगाउन सकेनन् । ओमारी हट्चिन्सनले बराबरी गोल फर्काए । दोस्रो हाफमा ओनानाले उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेड २२ वर्षपछि पहिलो पटक प्रिमियर लिग खेलिरहेको इपस्विचबाट जोगिएको थियो ।
१२औं स्थानमा रहेको युनाइटेडको १२ खेलबाट १६ अंक छ । इपस्वीच ९ अंक जोड्दै १८औं स्थानमा छ । इपस्वीचले सुरुवाती १० खेलमा हार बेहोरेको थियो । तर पछिल्ला दुई खेलबाट भने चार अंक जोडेको छ ।