काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
उत्कृष्ट सुरुवात गरेको नेपाललले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नेपालले ओपनिङबाट नै सानदार प्रदर्शन गर्यो ।
ओपनर सावित्री धामी ६ रनमा रन आउट भए पनि साना प्रविनले २५ रनको योगदान गरिन् । तेस्रो नम्बरमा मैदान प्रवेश गरेकी पुजा महतोले सम्हालिएर खेल्दै सर्वाधिक ३८ रन बनाइन् ।
ज्योत्स्निका मरासिनीले २३ रन जोडिन् भने एलिशा कुमारी यादव १५ रनमा आउट भइन् । नेपालविरुद्ध कुवेतका लागि आयेशा पेवाकरले २ विकेट लिँदा जिफा र अमिशा राम ओलाछेरीले समान १-१ विकेट लिए ।