काठमाडौं । च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० गोल अन्तरले पराजित भएको छ । यससँगै यस सिजन च्याम्पियन्स लिगमा आर्सनलको अपराजित दौड समाप्त भएको छ । सान सिरोमा विवादास्पद पहिलो हाफको पेनाल्टीले इन्टर मिलानलाई स्पस्ट ३ अंक दिलायो ।
ब्रेकको केही सेकेन्डअघि मिकेल मेरिनोले बक्सभित्र बल ह्ययान्डल गरेपछि घरेलु टोली यन्टरले पेनाल्टीको अवसर पाएको थियो । तर मेरिनोले बल ह्यान्डल गरेको अस्विकार गरेपछि भीआरको प्रयोग गरिएको थियो । हाकान काल्हानोग्लुले आत्मविश्वासका साथ पेनाल्टी सुट गर्दै त्यसलाई गोलमा परिणत गरेपछि इन्टरले अग्रता बनायो ।
तर त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि हाकानको गोलनै निर्णायक बन्यो । यस जितसँगै इन्टर च्याम्पियन्स लिगको पाँचौं स्थानमा उक्लिएको छ । उसले ४ खेलमा १० अंक जोडेको छ । समान खेलमा ७ अंकसहित आर्सनल १२ औं स्थानमा छ ।
क्लब ब्रुगले एस्टन भिल्लालाई १-० ले पराजित गर्यो । शाख्तर डोनेस्कले योङ बोइजलाई ३-१, एट्लेटिको मड्रिडले पीएसजीलाई २-१ र बायर्न म्युनिखले बेन्फ्रिकालाई १-० ले पराजित गर्यो ।