काठमाडौं । यूएई प्रो लिग टोली अल-ऐनले मुख्य प्रशिक्षक हर्नान क्रेस्पोलाई बर्खास्त गरेको छ । खराब नतिजाका कारण अल-ऐनले अर्जेन्टिनी प्रशिक्षक क्रेस्पोलाई बर्खास्त गरेको हो । अल-ऐनले केही घण्टाभित्रै आफ्नो नयाँ प्रशिक्षक घोषणा गर्ने बताएको छ ।
अल-ऐन फुटबल क्लबको सञ्चालक समितिले र्जेन्टिनाका प्रशिक्षक हर्नान क्रेस्पो र उनको कोचिङ स्टाफसँगको सम्झौता अन्त्य गरेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एसियाली च्याम्पियन्स लिग एलिटमा साउदी प्रो लिग क्लब अल-नासरसाग ५-१ ले पराजित भएको एक दिनपछि क्लबले यो निणय लिएको हो ।
एक महिना अघि फिफा इन्टरकन्टिनेन्टल कपमा अल-ऐन इजिप्टको अल-अहलीसँग ३-० ले पराजित भएको थियो । एशियन च्याम्पियन्स लिग एलिटमा चार खेलबाट अल-ऐनले मात्र एक अंक जोडेको छ ।